भोटेकोशी बाढीप्रति कार्नीको दुःख, सहयोगको प्रतिबद्धता


काठमाडौं । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै कार्नीले बाढीमा प्रभावित भएका, प्रियजन गुमाएका तथा बेपत्ता आफन्तको पर्खाइमा रहेका परिवारप्रति समवेदना व्यक्त गरेका हुन्।

उनले विपद्को यस कठिन घडीमा क्यानडाली जनता नेपालीहरूको साथमा रहेको बताउँदै राहत, उद्धार तथा विपद् व्यवस्थापनका लागि आवश्यक सहयोग गर्न क्यानडा तयार रहेको बताएका छन्।

क्यानडाली सरकारले नेपालको अवस्थालाई नजिकबाट नियालिरहेको जनाउँदै कार्नीले बाढी प्रभावित क्षेत्रमा रहेका क्यानडाली नागरिकलाई ‘रोका’ (Registration of Canadians Abroad) प्रणालीमा आफ्नो विवरण दर्ता गर्न आग्रह गरेका छन्।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार