रसुवा बाढीका ९ घाइते डिस्चार्ज, ३३ जनाको उपचार जारी


काठमाडौं । रसुवा बाढीमा परी घाइते भएर काठमाडौं ल्याइएका ४२ जनामध्ये ९ जना उपचारपछि डिस्चार्ज भएका छन् । बाँकी ३३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

नेपाल प्रहरीका अनुसार त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएका २३ जनामध्ये ४ जना डिस्चार्ज भएका छन् भने १९ जनाको उपचार जारी छ । यस्तै, वीर अस्पताल र नर्भिक अस्पतालमा ३/३ जना तथा छाउनीमा एक जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार