काठमाडौं । बाढीका कारण अवरुद्ध काठमाडौं–मुग्लिन जोड्ने पृथ्वी राजमार्ग आज बिहीबार दिउँसोसम्म सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
बैरेनीदेखि गलौंदीसम्मको करिब १३ किलोमिटर सडकमा थुप्रिएको लेदो हटाउने काम भइरहेको सडक विभागले जनाएको छ। लेदो पन्छाउन १५ वटा उपकरण परिचालन गरिएको छ।
राति वर्षाका कारण केही समय काम रोकिए पनि बिहानैदेखि पुनः काम तीव्र पारिएको छ। विशेष अवस्था नआए आज दिउँसोसम्म सडक सञ्चालनमा आउने विभागका प्रवक्ता इन्जिनियर शुभराज न्यौपानेले बताएका छन्।
बुधबार आएको बाढीले पृथ्वी राजमार्गका विभिन्न स्थानमा क्षति पुर्याएको थियो।
सम्बन्धित खबर


