सल्यान । रसुवामा आएको बाढीपछि सल्यानको कपुरकोट गाउँपालिकाका १३ जना नागरिक सम्पर्कविहीन भएका छन्।
गाउँपालिकाका अनुसार कपुरकोट–६ का ११ जना र वडा नम्बर ५ का २ जना विभिन्न कामको सिलसिलामा रसुवा पुगेका थिए। बाढीपछि उनीहरू परिवार तथा आफन्तको सम्पर्कमा आएका छैनन्।
सम्पर्कविहीन नागरिकको अवस्था यकिन हुन नसकेपछि गाउँपालिकाले रसुवा तथा आसपासका क्षेत्रमा रहेका सुरक्षा निकाय, स्थानीय बासिन्दा र सम्बन्धित निकायलाई खोजी तथा उद्धारमा सहयोग गर्न आग्रह गरेको छ।
भदौ १० गते तिब्बततर्फबाट आएको बाढीले रसुवा र नुवाकोटमा ठूलो जनधनको क्षति गरेको थियो।

सम्बन्धित खबर


