प्रधानमन्त्री शाह आज मुस्ताङ जाँदै


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह शुक्रबार पोखरा हुँदै मुस्ताङ जाने भएका छन्।

प्रधानमन्त्री शाह पोखरा विमानस्थल हुँदै मुस्ताङ जाने कार्यक्रम रहे पनि भ्रमणको उद्देश्यबारे प्रधानमन्त्री निकटस्थहरूले केही खुलाएका छैनन्। प्रधानमन्त्रीसँग केही सल्लाहकार तथा सहयोगीसमेत मुस्ताङ जाने तयारी रहेको बताइएको छ।

प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्रीसहित केही सदस्य मुस्ताङ जाने र शुक्रबार नै काठमाडौं फर्किने कार्यक्रम छ। सचिवालयले भ्रमणलाई धेरै हाइलाइट नगर्न आग्रह गरेको छ।

२०८३ भाद्र ५, शुक्रबार ०७:१५ प्रकाशित
ट्रेन्डिङ समाचार