जनजातिको अधिकार संरक्षणमा एमाले प्रतिबद्ध : ओली


इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानले सुनिश्चित गरेको आदिवासी जनजातिको अधिकार संरक्षण र प्रवर्द्धनमा आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभएको छ।

इलामको सूर्योदय नगरपालिका–१०, फिक्कलमा शनिबारदेखि सुरु भएको लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आदिवासी जनजातिको अधिकार, भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा एमाले सधैँ प्रतिबद्ध रहेको बताउनुभयो।

उहाँले सबै समुदायको सहअस्तित्वलाई बलियो बनाउँदै राष्ट्रिय एकतालाई थप मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो। एमालेले विगतदेखि नै समावेशी लोकतन्त्र, सामाजिक न्याय र समान अवसरको पक्षमा वकालत गर्दै आएको उहाँको भनाइ थियो।

अध्यक्ष ओलीले विभिन्न जातजातिका नाममा विभाजन र द्वन्द्व सिर्जना गर्नुभन्दा सबै समुदायलाई सहअस्तित्वका आधारमा अधिकार र अवसर प्रदान गर्दै राष्ट्रिय हितमा अघि बढ्नुपर्ने बताउनुभयो।

२०८३ श्रावण ३१, आईतवार १०:०२ प्रकाशित
ट्रेन्डिङ समाचार