नेपालमा अब चरम गरिबी छैन : ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अहिले चरम गरिबी नरहेको दाबी गरेका छन्। उनले एमालेले सरकारको नेतृत्व गरेका बेला गरिबी घटाउनुका साथै विकास निर्माणका क्षेत्रमा उल्लेख्य काम गरेको बताए।

शनिबार इलाममा आयोजित कार्यक्रममा ओलीले आफू प्रधानमन्त्री हुँदा रोजगारी सिर्जना गरेर गरिबी कम्तीमा ३ प्रतिशतले घटाएको दाबी गरे। एमालेले १० वर्ष सरकार चलाउँदा चरम गरिबी अन्त्य गरेको उनको भनाइ थियो।

ओलीले एमाले नेतृत्वको सरकारले राजमार्ग, सडक, रिभर करिडोर, विमानस्थल तथा शिक्षा क्षेत्रमा थुप्रै काम गरेको दाबी गर्दै ‘एमालेले केही गरेन’ भन्ने प्रचारमा सत्यता नरहेको बताए।

२०८३ श्रावण ३०, शनिबार १९:२६ प्रकाशित
ट्रेन्डिङ समाचार