काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू पार्टी विभाजन वा नयाँ दल खोल्ने पक्षमा नरहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले पार्टीलाई समयसापेक्ष परिमार्जन गर्दै अघि बढाउनुपर्ने बताए। पार्टीभित्रका सम्भावित विवाद संवादमार्फत समाधान गर्न सकिने उनको भनाइ छ।
आगामी १५औँ महाधिवेशनबारे बोल्दै कोइरालाले डा. शेखर कोइरालासँग आफ्नो राम्रो समझदारी रहेको बताए। शेखर सभापतिको उम्मेदवार बने आफूले सहयोग गर्ने उनले स्पष्ट पारे।
सभापतिमा आफू पनि इच्छुक रहेको तर साथीहरूसँग परामर्शपछि मात्र निर्णय लिने बताउँदै उनले नयाँ र संगठित कांग्रेसका लागि विकास तथा ठोस नीतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए
२०८३ श्रावण ३०, शनिबार १९:१९ प्रकाशित


