काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले पार्टी विभाजन गर्ने पक्षमा आफू नरहेको बताएका छन्। संस्थापनइतर पक्षको राष्ट्रिय भेला नयाँ पार्टी खोल्नका लागि नभएको स्पष्ट पार्दै उनले पार्टीभित्र देखिएका विषयमा छलफल र सुधार आवश्यक रहेको बताए।
अदालतको निर्णय विपक्षमा आए पनि सबै पक्षसँग छलफल गरेर आगामी रणनीति तय गरिने उनको भनाइ छ। उनले आगामी महाधिवेशन शेरबहादुर देउवाकै नेतृत्वमा हुने दाबीसमेत गरे।
वर्तमान सरकारले बहुमत पाए पनि ठोस उपलब्धि हासिल गर्न नसकेको टिप्पणी गर्दै कोइरालाले सरकारलाई ‘कामचलाउ’को संज्ञा दिए। सरकार पाँच वर्ष टिक्ने वा मध्यावधि निर्वाचनमा जाने सम्भावना रहेको उनले बताए।
२०८३ श्रावण ३०, शनिबार १६:५६ प्रकाशित


