काठमाडौं । नवलपरासीको सुस्ता गाउँपालिका–५ थारुटोलामा स्थानीयवासीले श्रमदानबाट निर्माण गरेको बाँध बाढीले भत्काएको छ।
१०–१५ दिन लगाएर निर्माण गरिएको बाँध शुक्रबार रातिको बाढीले बगाएको सुस्ता बचाउ संघर्ष समितिका संयोजक बाबु खानले बताए। उनका अनुसार करिब २५–३० लाख रुपैयाँ बराबरको श्रमदानबाट बाँध निर्माण गरिएको थियो।
बाँध भत्किएपछि सुस्तावस्ती बाढीको उच्च जोखिममा परेको भन्दै खानले संघीय, प्रदेश र स्थानीय सरकारसँग तत्काल उद्धार तथा संरक्षणका लागि पहल गर्न आग्रह गरेका छन्।
उनले समयमै सरकारी सहयोग नपाए बस्ती जोगाउन कठिन हुने बताएका छन्।
सम्बन्धित खबर




प्रतिक्रिया