२४ घण्टामा विपद्बाट १३ जनाको मृत्यु, ५ बेपत्ता


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ४३ जिल्लामा ५२ वटा विपद्का घटना भएका छन्। घटनामा ४३ जना घाइते भएका छन् भने १२ स्थानमा सडक अवरुद्ध भएको छ। पहिरोबाट मात्रै १० जनाको मृत्यु भएको छ।

उद्धार तथा प्रतिकार्यका लागि २६१ जना प्रहरी परिचालन गरिएको छ। यस अवधिमा २ जनाको सकुशल उद्धार गरिएको प्राधिकरणले जनाएको छ।

यसैबीच, चालु आर्थिक वर्षको वैशाख १ देखि साउन २९ गतेसम्म देशभर ४ हजार ६५९ वटा विपद्का घटना भएका छन्। ती घटनामा २२९ जनाको मृत्यु, ९ जना बेपत्ता र १ हजार ४६३ जना घाइते भएका छन्। विपद्बाट ५ हजार ७०९ परिवार प्रत्यक्ष प्रभावित भएका छन्।

२०८३ श्रावण ३०, शनिबार १६:१३ प्रकाशित
ट्रेन्डिङ समाचार