कांग्रेस इतर समूहको बन्दसत्रमा प्रतिवेदन पेश


काठमाडौं । नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेलाको बन्दसत्र आजदेखि काठमाडौंमा सुरु भएको छ।

सुकेधारास्थित मिराकल प्यालेसमा जारी बन्दसत्रमा नेताहरूले विभिन्न प्रतिवेदन प्रस्तुत गरिरहेका छन्। बिमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन, डा. प्रकाशशरण महतले आर्थिक तथा सामाजिक नीतिको कार्यदिशासम्बन्धी प्रतिवेदन तथा एनपी साउदले समसामयिक राजनीतिक प्रतिवेदन पेश गरेका छन्।

बन्दसत्रमा अन्य प्रतिवेदनसमेत पेश हुने क्रम जारी रहेको छ। हिजोदेखि सुरु भएको राष्ट्रिय भेला भोलिसम्म सञ्चालन हुने बताइएको छ।

२०८३ श्रावण ३०, शनिबार १५:५७ प्रकाशित
ट्रेन्डिङ समाचार