काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ।
शनिबार आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतीय राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेका थिए। कार्यक्रममा राष्ट्रपति द्रौपदी मुर्मुको राष्ट्रका नाममा गरिएको सम्बोधनको भिडियोसमेत प्रसारण गरिएको थियो।
सो अवसरमा भारतीय सशस्त्र बलका ११ जना दिवंगत सुरक्षाकर्मीका ‘वीर नारी’ तथा निकटतम आश्रितलाई सम्मान गरिएको थियो। उनीहरूका परिवारलाई ‘आर्मी ग्रुप इन्स्योरेन्स फन्ड’ अन्तर्गत ८ करोड २० लाख नेपाली रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको दूतावासले जनाएको छ।
त्यस्तै, विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कृत गरिएको थियो भने सातवटै प्रदेशका २२ वटा शैक्षिक संस्था तथा पुस्तकालयलाई पुस्तक अनुदान दिने घोषणा गरिएको छ।
२०८३ श्रावण ३०, शनिबार १५:१८ प्रकाशित


