ADVERTISEMENT

ओली झापा पुगे, भोलि ‘पार्टी जागरण’ कार्यक्रममा सहभागी हुने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार गृहजिल्ला झापा पुगेका छन् । काठमाडौं‌बाट हवाईमार्ग हुँदै भद्रपुर विमानस्थल पुगेका ओलीलाई स्थानीय नेता तथा कार्यकर्ताले स्वागत गरेका छन् ।

ओली ‘मिसन पार्टी जागरण’ कार्यक्रमका लागि झापा पुगेका हुन् । उनी आइतबार आयोजना हुने कार्यक्रममा सहभागी हुने बताइएको छ ।

फागुन २१ गतेको निर्वाचनपछि ओली पहिलोपटक झापा पुगेका हुन् । झापा–५ बाट उम्मेदवार बनेका ओली रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सँग पराजित भएका थिए ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार