ADVERTISEMENT

मनसुन सक्रिय, आज देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ भने बागमती, गण्डकी र कर्णालीका पहाडी भूभाग तथा लुम्बिनीका पहाडी र तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति पनि हिमाली तथा पहाडी भूभागका केही स्थानमा वर्षा हुने सम्भावना छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा राति भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

हाल कोशी, बागमती, कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनीका विभिन्न स्थानमा बदलीसँगै हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार