निर्वाचनमा नलड्ने दलको दर्ता खारेज गर्ने प्रस्ताव


काठमाडौं । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचनमा भाग नलिने राजनीतिक दलको दर्ता खारेज गर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन्।

संसदीय सुनुवाइ समितिमा पेस गरिएको कार्ययोजनामा उनले राजनीतिक दल दर्ता प्रणालीलाई व्यवस्थित बनाउने, सार्वजनिक कोषबाट अनुदानको व्यवस्था गर्ने, विदेशबाट मतदान र ‘नो भोट’को विकल्प लागू गर्ने तथा दलहरूको आन्तरिक लोकतन्त्र र समावेशीतालाई संस्थागत गर्ने योजना प्रस्तुत गरेका छन्।

कार्कीको संसदीय सुनुवाइ साउन १३ गते हुने तय भएको छ।

२०८३ श्रावण ९, शनिबार १५:२६ प्रकाशित
ट्रेन्डिङ समाचार