काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेर २ लाख ८४ हजार रुपैयाँ पुगेको छ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार १ सय रुपैयाँ थियो। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार २४० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।