आज पनि देशभर वर्षाको सम्भावना 


काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश स्थानमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाडी भूभागका धेरै स्थान र तराईका केही क्षेत्रमा चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ।

बागमती, गण्डकी, लुम्बिनी, कोशी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। रातिको समयमा पनि विभिन्न क्षेत्रमा वर्षा जारी रहने सम्भावना रहेको जनाइएको छ।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार