पूर्वसांसद लक्ष्मी महतो कोइरी थुनामुक्त गर्न सर्वोच्चको आदेश


काठमाडौँ। सर्वोच्च अदालतले पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गर्न आदेश दिएको छ। न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले उनलाई कानुनसम्मत रूपमा थुनामा राख्नुपर्ने आधार नदेखिएको भन्दै थुनामुक्त गर्न आदेश दिएको हो।

कोइरीका छोरा मनोजकुमार महतोले गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए। सशस्त्र प्रहरी बलका असई थमन विक हत्या प्रकरणमा कोइरीलाई असार १८ गते पक्राउ गरिएको थियो।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार