सरकारद्वारा ६ सचिवको सरुवा


काठमाडौँ । सरकारले ६ सचिवको सरुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायका सचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउत महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएका छन्। उक्त मन्त्रालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट नारायणप्रसाद शर्मा दुवाडीलाई ल्याइएको छ।

त्यस्तै, डिल्लीराम शर्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएका छन् भने राधिका अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा राखिएको छ। नयाँ गठन भएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा दीनानाथ मिश्रलाई पठाइएको छ भने राष्ट्रिय सतर्कता केन्द्रमा विश्वबाबु पुडासैनीको जिम्मेवारी तोकिएको छ।

२०८३ असार ३२, बिहीबार १२:५२ प्रकाशित
ट्रेन्डिङ समाचार