इन्जुरी टाइममा लाउटारो चम्किए, अर्जेन्टिना विश्वकप फाइनलमा


काठमाडौं । अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ। एटलान्टा स्टेडियममा भएको खेलमा इंग्ल्यान्डले एन्थोनी गोर्डनको गोलमार्फत अग्रता लिए पनि अर्जेन्टिनाले खेलको अन्त्यतिर शानदार पुनरागमन गर्‍यो।

८५औं मिनेटमा एन्जो फर्नान्डेजले बराबरी गोल गरे भने इन्जुरी टाइमको दोस्रो मिनेटमा लाउटारो मार्टिनेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई लगातार दोस्रोपटक विश्वकप फाइनलमा पुर्‍याए। अब अर्जेन्टिनाले उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार