मनसुन सक्रिय, केही ठाउँमा भारी वर्षाको चेतावनी


काठमाडौँ ।   देशभर मनसुनी वायुको प्रभाव जारी रहेकाले आज र आज राति अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पहाडी तथा तराईका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने र कोशी, बागमती, गण्डकी, लुम्बिनी तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार