काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रमा पत्रकार सम्मेलन गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएर घर पुर्याएको छ।
प्रहरीका अनुसार निषेधित क्षेत्रमा अनुमति बिना सार्वजनिक कार्यक्रम गर्न नपाइने भएकाले हस्तक्षेप गरिएको हो। आवश्यक समन्वयपछि प्रसाईंलाई भक्तपुरस्थित निवास पुर्याइएको प्रहरीले जनाएको छ।
प्रहरीले उनीविरुद्ध कुनै नयाँ मुद्दा दर्ता नगरिएको र कानुनी व्यवस्था पालना गराउने उद्देश्यले मात्र उक्त कदम चालिएको स्पष्ट पारेको छ।
२०८३ असार २८, आईतवार १५:१६ प्रकाशित



