काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाउने प्रणाली लागू गरेको छ। नयाँ प्रणालीमार्फत कर्मचारीको डिजिटल प्रोफाइलका आधारमा आवेदन, ट्र्याकिङ, स्वचालित सरुवा पत्र तथा निर्णय सार्वजनिक गर्ने व्यवस्था हुनेछ।
मन्त्रालयका अनुसार यसले सरुवा प्रक्रियालाई थप पारदर्शी, छिटोछरितो र प्रविधिमैत्री बनाउनेछ। मन्त्री प्रतिभा रावलले यसबाट ढिलाइ घट्ने, पारदर्शिता बढ्ने र कर्मचारीले सहज तथा विश्वासयोग्य सेवा पाउने विश्वास व्यक्त गरेकी छन्।

२०८३ असार १७, बुधबार ०८:१९ प्रकाशित

