काठमाडौं । देशका विभिन्न प्रदेशका मुख्य राजमार्गमा बाढी, पहिरो, सडक मर्मत र अविरल वर्षाका कारण सवारी आवागमन प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण रूपमा बन्द छन् भने केहीमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीले यात्रा अघि सम्बन्धित निकायबाट सडकको अवस्था बुझ्न, आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न र सतर्क भएर यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

२०८३ असार १६, मंगलवार ०९:२२ प्रकाशित

