काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले मनसुनी गतिविधि सक्रिय भएसँगै आज र भोलि देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित भारी वर्षा हुने तथा एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
महाशाखाका अनुसार बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण वर्षा बढ्ने भएकाले बाढी, पहिरो, भूक्षय, डुबान तथा नदी–नालामा पानीको सतह बढ्ने जोखिम रहेको छ। यसलाई ध्यानमा राखी सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
२०८३ असार १६, मंगलवार ०७:१४ प्रकाशित

