ग्राहक पहिचानको महत्व माथि प्रकाश पार्दै सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ मा ग्राहक पहिचानको सम्बन्धमा गरिएका व्यवस्थाहरुको चर्चा गर्नुहोस् ।
पृष्ठभूमि
बैंक तथा वित्तीय संस्थाहरुमा कारोबार गर्ने ग्राहकहरूको आर्थिक, सामाजिक, नैतिक, व्यवसायिक, पारिवारिक तथा कानुनी हैसियत जनाउने विवरणहरु लिखित रुपले संकलन गरी आफ्ना ग्राहकहरुको बारेमा बिस्तृत जानकारी हासिल गर्ने प्रक्रियालाई नै ग्राहक पहिचान हो ।
ग्राहक पहिचानको महत्व
ग्राहकको विवरण बारे जानकारी सङ्कलन गर्न
ग्राहकको व्यापारसँग सम्बन्धित जानकारी सङ्कलन गर्न
सम्पत्ति शुद्धीकरण नियन्त्रण गर्न
आतंकवादी वित्तिय नियन्त्रण गर्न
सञ्चालन जोखिम कम गर्न
नियमहरूको परिपालना गराउन
सुरक्षित कारोबार गर्न
बैंक र ग्राहकको सुरक्षा गर्न
नयाँ उत्पादनहरू सुरू गर्न
व्यापार विस्तार गर्न
बैंकिङ प्रणालीको दुरुपयोग नियन्त्रण गर्ने ।
बैंकको आन्तरिक नियन्त्रण प्रणाली, संस्थागत सुशासन र सुरक्षा पद्धतिलाई सफल बनाउन
कालो बजारी ,गैह्रकानूनी आय, कर छली ,आतंकवाद लगायतका आपराधिक क्रियाकलापबाट आर्जन गरिएको रकम बैंकमा प्रवेश गर्नबाट रोक्न
बैंकभित्र हुने गैह्रकानूनी कारोबार तथा शंकास्पद कारोबार माथि निगरानी राख्न
शंकास्पद कारोबारको बारेमा नेपाल राष्ट्र बैंक मार्फत सरकारलाई जानकारी दिन
उपलब्ध सूचनाको आधारमा ग्राहक सेवालाई व्यवस्थित र परिमार्जित गर्न
स्वच्छ, सुरक्षित, पारदर्शी, सबल, सक्षम र अनुशासित बैंकिंग प्रणालीको विकास गर्न
ग्राहकका सेवालाई व्यवस्थित परिमार्जित गर्न
औपचारिक आर्थिक क्रियाकलापहरुलाई प्रोत्साहन गरि समानान्तर अर्थतन्त्रको आकार घटाउन
सम्पत्ति शुद्धिकरण निवारण ऐन र ग्राहक पहिचान
(क) ग्राहकको पहिचान गर्नुपर्ने अवस्था
देहायको कार्य गर्दा सूचक संस्थाले ग्राहकको सही रुपमा पहिचान गर्नुपर्ने व्यवस्था रहेको छ :-
व्यवसायिक सम्बन्ध स्थापना गर्दा
खाता खोल्दा
तोकिएको रकमभन्दा बढीको आकस्मिक कारोबार गर्दा
विद्युतीय माध्यमबाट कोष स्थानान्तरण गर्दा
पहिले लिएको जानकारीको सत्यता वा पर्याप्तता शंका लागि थप सम्पुष्टि गर्नुपर्दा
सम्पत्ति शुद्धीकरण वा आतंककारी क्रियाकलापमा वित्तीय लगानी भएको शंका लागि सम्पुष्टि गर्नु पर्दा
उच्च जोखिमयुक्त ग्राहक वा उच्च पदस्थ व्यक्तिले प्रत्येक कारोबार गर्दा
नियमनकारी निकायले तोकिदिएको अन्य कुनै कार्य गर्दा
(ख) ग्राहकको सही पहिचान तथा सम्पुष्टि गर्दा अपनाउनुपर्ने उपाय
ग्राहकको सही पहिचान तथा सम्पुष्टि गर्दा अपनाउनुपर्ने उपायहरु देहाय बमोजिम रहेका छन् :-
कारोबार वा व्यवसायिक सम्बन्धको उद्देश्य वा लक्षित प्रकृतिको उपयुक्त जानकारी लिने
ग्राहक प्राकृतिक व्यक्ति भएमा नाम, ठेगाना, जन्ममिति लगायतका विवरण प्राप्त गर्ने
ग्राहक कानूनी व्यक्ति भएमा तोकिएका न्युनतम कागजातका आधारमा सो को स्वामित्व तथा नियन्त्रण पद्धतिको बारेमा जानकारी लिने र सम्पुष्टि गर्ने
अन्य व्यक्तिको तर्फबाट कारोबार वा व्यवसायिक सम्बन्ध स्थापना गर्न खोजिएको भए उक्त व्यक्तिको पहिचान र सम्पुष्टि गरी अख्तियारनामा सहितको कागजात लिने
ग्राहकको पहिचान तथा कारोबार सम्बन्धी दायित्व पुरा गर्न ग्राहक, कारोबार वा व्यवसायको प्रकार तथा प्रकृतिका सम्बन्धमा आवश्यक सूचना एवं जानकारी लिने
नियमनकारी निकायले तोकिदिएका अन्य उपाय अवलम्बन गर्ने
क्यासिनोले एक दिनमा दुई लाख रुपैयाँ वा सो भन्दा कमको कारोबारमा संलग्न हुने ग्राहक तथा बहुमूल्य धातु तथा वस्तुको कारोबार गर्ने व्यवसायीले एक दिनमा दश लाख रुपैयाँ वा सो भन्दा कम रकमको कारोबार गर्ने ग्राहकको पहिचान तथा सम्पुष्टि गर्न अनिवार्य नहुने कानूनी व्यवस्था रहेको छ ।
(ग) उच्चपदस्थ व्यक्तिको पहिचान सम्बन्धी व्यवस्था
ऐनको दफा २ (भ) मा विदेशी उच्चपदस्थ व्यक्ति र (झ) मा स्वदेशी उच्च पदस्थ व्यक्तिको परिभाषित गरिएको छ ।सूचक संस्थाले देहायका अतिरिक्त उपायहरु अवलम्बन गरी आफ्नो ग्राहक वा वास्तविक धनी उच्च पदस्थ व्यक्ति भए नभएको यकिन गर्न जोखिम व्यवस्थापन प्रणालीको व्यवस्था गर्नुपर्ने कानूनी प्रावधान रहेको छ :-
व्यवसायिक सम्बन्ध स्थापना गर्नु अघि सूचक संस्थाको व्यवस्थापन हेर्ने उच्च अधिकारीको स्वीकृति लिने
विद्यमान ग्राहक उच्चपदस्थ व्यक्ति भएको थाहा हुन आएमा तत्काल उच्च अधिकारीको स्वीकृति लिने
ग्राहक वा वास्तविक धनीको सम्पत्ति तथा कोषको स्रोत पहिचान गर्न पर्याप्त उपाय अवलम्बन गर्ने
ग्राहक तथा निजसँगको व्यावसायिक सम्बन्ध वा कारोबारको सम्बन्धमा निरन्तर रुपमा अनुगमन गर्ने
वृहत् ग्राहक पहिचान सम्बन्धी उपायहरु अवलम्बन गर्ने
(घ) वास्तविक धनीको पहिचान सम्बन्धी व्यवस्था
सूचक संस्थाले व्यवसायिक सम्बन्ध स्थापना गर्दा वा कारोबार गर्दा वास्तविक धनीको पहिचान तथा सम्पुष्टि गर्नका लागि मनासिब उपायहरु अपनाउनुपर्ने
कुनै व्यक्तिले अन्य कुनै व्यक्तिको तर्फबाट व्यवसायिक सम्बन्ध स्थापना वा कारोबार सम्बन्धी काम कारबाही गरे नगरेको सम्बन्धमा एकिन गर्नुपर्ने
(ङ) बृहत् ग्राहक पहिचान सम्बन्धी भएको व्यवस्था
सूचक संस्थाले देहायका ग्राहकसँग व्यावसायिक सम्बन्ध स्थापना गर्दा वा कारोबार गर्दा वृहत् ग्राहक पहिचान सम्बन्धी उपयुक्त उपायहरु अपनाउनुपर्ने व्यवस्था गरिएको छ :-
राष्ट्रिय जोखिम मुल्याङ्कन, सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी जोखिम मुल्याङ्कन एवं नियमनकारी निकायको मुल्याङ्कनबाट उच्च जोखिमयुक्त देखिएको ग्राहक
आर्थिक वा कानूनी उद्देश्य स्पष्ट नदेखिने जटिल, ठूलो वा अस्वभाविक प्रवृत्तिको कारोबार गर्ने ग्राहक
सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पालना नगर्ने वा आंशिक रुपमा पालना गर्ने भनि अन्तर्राष्ट्रिय रुपमा पहिचान भएको मुलुकको ग्राहक
उच्चपदस्थ व्यक्ति र त्यस्तो व्यक्तिको परिवारको सदस्य तथा निजसँग सम्बद्ध व्यक्ति वा ग्राहक
उच्च जोखिमयुक्त नयाँ उपकरण वा सेवा प्रयोग गर्ने ग्राहक
सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर वा अन्य कुनै कसूरमा शङ्का लागेको ग्राहक
नियमनकारी निकायले तोकिदिएको अन्य ग्राहक
(च) सरलीकृत ग्राहक पहिचान सम्बन्धी व्यवस्था
सूचक संस्थाले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी जोखिम कम देखिएको ग्राहक वा कारोबारका सम्बन्धमा सरलीकृत ग्राहक पहिचान तथा सम्पुष्टि सम्बन्धी व्यवस्था अपनाउन सक्ने
उच्च जोखिमयुक्त ग्राहक, कारोबार वा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानीको आशंका देखिएको कारोबारको हकमा सरलीकृत पहिचान तथा सम्पुष्टि सम्बन्धी व्यवस्था अपनाउन नपाइने
(छ) तेस्रो पक्षबाट ग्राहक पहिचान वा सम्पुष्टि गराउने सम्बन्धी व्यवस्था
देहायको अवस्थामा सूचक संस्थाले ग्राहक पहिचान तथा सम्पुष्टि सम्बन्धी केही कार्य तेस्रो पक्षबाट गराउन सक्ने कानूनी व्यवस्था रहेको छ :-
ग्राहकको पहिचान तथा सम्पुष्टि कानून बमोजिम हुने कुरामा सूचक संस्था विश्वस्त भएमा
ग्राहकको पहिचान तथा सम्पुष्टि गर्न प्रयोग गरिएका सम्पूर्ण कागजात तथा विवरण सम्बन्धी जानकारी सूचक संस्थालाई तत्काल प्राप्त हुने भएमा
ग्राहकको पहिचान तथा सम्पुष्टि गर्न प्रयोग गरिएका सम्पूर्ण कागजात, विवरण जानकारी सूचक संस्थाले मागेका बखत विना कुनै विलम्ब प्राप्त हुने सुनिश्चित भएमा
निष्कर्ष
निर्णय निर्माणका चरणहरु उल्लेख गर्दै निर्णय क्षमतामा प्रभाव पार्ने तत्वहरु पहिचान गर्दै निर्णय लिदा ध्यान दिनुपर्ने विषयहरुको चर्चा गर्नुहोस् ।
“उपलब्ध विकल्पबाट इच्छित समाधानको अवस्थामा पुग्ने कला”
पृष्ठभूमि
कुनै पनि विषयमा दुई वा दुईभन्दा बढी सम्भाव्य विकल्पहरुमध्येबाट एउटा सबैभन्दा राम्रो विकल्प छनौट गरी निष्कर्षमा पुग्ने कार्य नै निर्णय हो ।
अधिकारप्राप्त पदाधिकारीले कानूनले दिएको अधिकार प्रयोग गरी कुनै विषय सवाल वा समस्याका सम्बन्धमा लिखित रुपमा दिएको अन्तिम आदेश वा निर्देशन नै निर्णय हो ।
विकल्पहरुबिच उत्तम विकल्प छनोट गरी संस्थाको उद्देश्य र हितमा आधारित भइ निर्णय गर्ने कला नै निर्णय क्षमता हो ।
निर्णय निर्माणका चरणहरु
समस्याको पहिचान
निर्णय गर्ने आधारहरुको पहिचान
निर्णय गर्ने आधारहरुको भार निर्धारण
विकल्पहरुको विकास
विकल्पहरुको विश्लेषण
विकल्पहरुको छनोट
विकल्पहरुको कार्यान्वयन
निर्णय प्रभावकारीताको मुल्याङ्कन
समस्या तथा मामिलाहरुको समुचित व्यवस्थापन गर्न
निर्णय क्षमतामा प्रभाव पार्ने तत्वहरु
(क) आन्तरिक तत्वहरु
निर्णयकर्ताको विवेक र सदाचारको स्तर,
निर्णयकर्ताको ज्ञान र अनुभव,
अधिकार र जिम्मेवारीको सीमा,
विगतमा भएका निर्णयहरु
कानूनी तथा नीतिगत व्यवस्था,
संगठनको कार्यसंस्कृति, कार्यवातावरण
सहभागिता र निहित स्वार्थ,
संस्थाका सदस्यहरु
निर्णयकर्ताको पृष्ठभूमि
(ख) बाह्य तत्वहरु
राजनीतिक दलहरु तथा सम्बद्ध संस्थाहरु
दवाव समूह र हित समूह,
गैर सरकारी क्षेत्र
नागरिक समाज र सामुदायिक संगठनहरु
अन्तराष्ट्रिय समुदायहरु
वातावरणीय स्रोत साधनको उपलव्धता
नागरिक चेतना र सामाजिक क्रियाशिलताहरु आदि ।
निर्णय गर्दा ध्यान दिनुपर्ने विषयहरु
निर्णय प्रकृया सम्वन्धि कानूनको पूर्ण परिपालना गर्ने,
निर्णय प्रकृयामा आन्तरिक कर्मचारी तथा सरोकारवालाहरुको ब्यापक सहभागिता गराउने,
निर्णय गर्दा विभिन्न विकल्पहरु तयार र पर्याप्त अध्ययन गर्ने,
Timely decision गर्ने,
Adhoc Decision नगर्ने,
Personal biasness हटाउने
कार्यान्वयन पक्ष र वातावरणलाई ध्यान दिने
दिगोपनालाई ध्यान दिने
संस्थाको दुरदृष्टि, लक्ष्य, उद्देश्य र नीतिलाई ध्यान दिने
निर्णयबाट पर्ने प्रभावहरुको विश्लेषण गर्ने,
अन्तर्क्रिया गर्दा वा संगठनबाट पत्राचार गर्दा तोकिएकै ब्यक्तिलार्इ सम्वोधन गर्ने,
निर्णयमा पारदर्शिता लागु गर्ने,
समय सीमाभित्र निर्णय गर्ने
सरोकारवालाहरुको Sense of belongings कायम गर्ने,
गलत निर्णयमा समेत उत्तरदायित्व वहन गर्नुपर्ने व्यवस्था गर्ने,
अस्पष्ट, दोहोरो अर्थ लाग्ने, प्रत्यक्ष प्रभावित गराउने, द्वन्द फैलाउन सक्ने निर्णयहरु नगर्ने,
निर्णय गर्दा सुक्ष्म रुपमा लाभ लागत विश्लेषण गर्ने,
कार्यान्यन हुन सक्ने निर्णय निर्माण गर्ने,
निर्णयमा कानूनी पक्षको समेत विश्लेषण गर्ने,
निर्णय प्रकृयामा अनुगमन तथा मूल्यांकन (M&E) गर्ने, नियमित पृष्ठपोषण लिने र सुधार गर्ने ।
निष्कर्ष
हरेक संगठनमा गर्नुपर्ने निर्णयहरु न्यायपुर्ण, उचित, विवेकी, कानूनी, वैज्ञानिक, वस्तुनिष्ठ, व्यवहारिक र जनसहभागितामा आधारित समयसापेक्ष एवं पारदर्शी बनाउन जरुरी रहेको छ ।
दर्ता र चलानी बिचको भिन्नता उल्लेख गर्दै दर्ता किताबमा उल्लेख गर्नुपर्ने विषयहरु स्पष्ट पार्नुहोस् ।
पृष्ठभूमि
कार्यालयमा प्राप्त भएका चिट्ठी पत्रहरुको अभिलेख राख्ने कार्यलाई दर्ता भनिन्छ ।
कार्यालयवाट चिट्ठी पत्रहरु अन्यत्र पठाउने समयमा पत्रहरुको अभिलेख राख्ने कार्यलाई चलानी भनिन्छ ।
दर्ता र चलानी विचको भिन्नता
अन्य कार्यालयबाट प्राप्त भएका चिठीपत्र निवेदन विवरण गुनासा तथा प्रतिवेदन लगायतका कागजातहरु क्रमबद्ध रुपले अभिलेख गरी राख्ने कार्य दर्ता हो भने अन्य कार्यालयमा पत्र वा कागजात पठाउदा सिलसिलेवार रुपमा राखिने अभिलेख चलानी हो ।
दर्ता पत्रको औपचारिक आगमन हो भने चलानी पत्रको औपचारिक बहिर्गमन हो ।
दर्ताबाट कार्यालयको कामको प्रारम्भ हुन्छ भने चलानीबाट कारबाही अन्त्य हुन्छ ।
दर्ताले कार्यालयको दायित्व सिर्जना हुन्छ भने चलानीबाट दायित्वको समाप्ति हुन्छ ।
दर्ताको लागि दर्ता किताबको आवश्यकता पर्दछ भने चलानीको लागि चलानी किताबको आवश्यकता पर्दछ ।
दर्ता मुल दर्ता र सहायक दर्ता गरी दुई प्रकारको हुन्छ भने चलानी एकै किसिमको हुन्छ ।
दर्ता संगठनको रक्तसञ्चार मानिन्छ भने चलानी संगठनको उपलब्धि मानिन्छ ।
दर्ता किताबमा उल्लेख गर्नुपर्ने महलहरु
क्र.सं.
दर्ता मिति
प्राप्त पत्रको पत्र संख्या र मिति
पत्र पठाउनेको नाम
बिषय
दाखिला समय
बुझिलिनेको दस्तखत
नाम, दस्तखत र मिति सही
कैफियत
निष्कर्ष
कार्यालयमा प्राप्त हुन आएका जुनसुकै चिठीपत्र वा कागजातहरुको प्रारम्भिक अभिलेख राख्ने कार्य दर्ता हो भने चलानी कार्यालय कार्यविधिको अन्तिम कार्य हो ।
चलानीको औचित्य माथि प्रकाश पार्दै कार्यालयमा चलानी गर्दा देखा परेका समस्याहरु पहिचान गर्नुहोस् ।
पृष्ठभूमि
कुनै कार्यालयबाट कार्यसम्पादन भइसकेपछि वा बाँकी कार्यसम्पादनको लागि अर्को कार्यालय, व्यक्ति वा संस्थालाई चिठीपत्र पठाउनु अगाडि पत्राचारको मुख्य जानकारी खुलाई नियमित एवं व्यवस्थित रुपमा कार्यालयमा अभिलेख राख्ने कार्यलाई चलानी भनिन्छ ।
चलानीको औचित्य
प्रेषित चिठ्ठिपत्र तथा कागजातहरुको सिलसिलाबद्ध अभिलेख राख्न
कार्यसम्पादनको व्यवस्थित रुपमा सञ्चार गर्न
चिठ्ठीपत्र हराउन वा दुरुपयोग हुन नदिन
कार्यसम्पादन मुल्याङ्कनलाई आधार प्रदान गर्न
पत्र व्यवहार तथा कार्यालय कार्यविधिलाई पुर्णता प्रदान गर्न
आवश्यक परेको अवस्थामा प्रमाणको रुपमा पेश गर्न
पत्र व्यवहारलाई विश्वासनीय बनाउन
सम्बन्धित कर्मचारीलाई जिम्मेवार बनाउन
चलानीका समस्याहरु
एकरुपताको अभाव
व्यवस्थापकको न्युन चासो र लगानी
कार्यालय प्रमुखको कम प्राथमिकता
दक्ष र उत्प्रेरित जनशक्तिको अभाव
आधुनिक सूचना प्रविधिको प्रयोगको कमी
परम्परागत सोच र शैलीको निरन्तरता
सबै कार्यालयहरुमा दर्ता चलानी शाखाको नहुनु
स्थायी कर्मचारीलाई जिम्मेवारि नदिइनु
विधि एवं रीत पुर्याइ दर्ता चलानी नहुनु
विच बिचमा क्र. सं. छाडेर दर्ता चलानी गरिनु
निष्कर्ष
कार्यालयबाट अन्यत्र पठाइने चिठ्ठीपत्र एवं औपचारिक दस्तावेजहरुको अभिलेख राख्ने कार्य नै चलानी हो ।तोकिए बमोजिम रितपुर्वक चलानी कार्य सम्पन्न गरी कागजातहरुको अभिलेख राख्न जरुरी छ ।

