काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा आइतबार बिहान हिमपहिरो गएको छ। हिमपहिरोमा परी मानवीय क्षति भएको आशंका गरिएको छ।
प्रहरीका अनुसार हिमाल आरोहणका लागि गएका २२ जनामध्ये करिब एक दर्जन सम्पर्कविहीन छन्। टोलीमा ९ जना पर्वतारोही र १३ जना सहयोगी स्टाफ रहेका थिए।
घटनापछि खोज तथा उद्धारका लागि काठमाडौंँबाट हेलिकप्टर मनाङतर्फ पठाइएको छ। नेपाल प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार घटनामा भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण अझै प्राप्त भएको छैन।
सम्बन्धित खबर


प्रतिक्रिया