ADVERTISEMENT

जबरालाई नियन्त्रणमा लिँदा पक्राउ पुर्जी जारी गरिएको थियो कि थिएन भन्ने विषय प्रश्न ? सरकार अझै बेखबर ? कानुनी प्रक्रिया र प्रहरीको कार्यशैलीमाथि प्रश्न ?


काठमाडौँ  । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले ‘सुरक्षा थ्रेट’ रहेको भन्दै शनिबार राति निवासबाट नियन्त्रणमा लिएर टेकुस्थित प्रहरी कार्यालयमा पुर्‍याएको छ। आइतबार दिउँसो भने उनलाई प्रहरीले ‘सुरक्षित स्थान’मा लगेर छाडेको जनाएको छ।

प्रहरीले जबरालाई सुरक्षा जोखिमका कारण नियन्त्रणमा लिएको दाबी गरे पनि उनलाई निवासमै सुरक्षा दिन सकिने अवस्थामा मध्यरातमा प्रहरी कार्यालय पुर्‍याउनुको कारणबारे प्रश्न उठेको छ। घटनाबारे प्रहरीले स्पष्ट विवरण सार्वजनिक गरेको छैन।

जबरालाई नियन्त्रणमा लिँदा पक्राउ पुर्जी जारी गरिएको थियो कि थिएन भन्ने विषयसमेत प्रश्नमा परेको छ। सुरक्षा खतरा भए जोखिम सिर्जना गर्ने व्यक्ति वा समूहलाई कारबाही गर्नुपर्नेमा जोखिममा रहेका व्यक्तिलाई नै नियन्त्रणमा लिइएको भन्दै कानुनी प्रक्रिया र प्रहरीको कार्यशैलीमाथि प्रश्न उठाइएको छ।

यसअघि पनि सरकारविरुद्धका गतिविधि वा विभिन्न आरोपमा व्यक्तिहरूलाई जरुरी पक्राउ पुर्जीका आधारमा नियन्त्रणमा लिइएको विषय सर्वोच्च अदालतसम्म पुगेको थियो। सोही सन्दर्भमा पक्राउ र हिरासतमा राख्दा कानुनी प्रक्रिया पूरा गर्नुपर्ने विषयमा अदालतले व्याख्या गरेको उल्लेख छ।

जबरालाई नियन्त्रणमा लिएको घटना प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाबाट फर्किएलगत्तै भएको भन्दै यसको समयलाई लिएरसमेत विभिन्न प्रश्न उठेका छन्। यद्यपि घटनाको वास्तविक कारण र प्रहरीको कारबाहीको कानुनी आधारबारे सम्बन्धित निकायबाट थप स्पष्टता आउन बाँकी छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार