काठमाडौं । पर्वतको जलजला गाउँपालिका–८, फर्सेमा कालीगण्डकी नदीमा आएको बाढीले ठूलो क्षति पुर्याएको छ। बाढीका कारण ६६ वटा घर पूर्णरूपमा बगेका छन् भने थप २३ वटा घर उच्च जोखिममा परेका छन्।
जोखिममा रहेका घरबाट स्थानीयवासीका सरसामान सुरक्षाकर्मीको सहयोगमा सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरीले जनाएको छ।
घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल नं. २५ चण्डिका गण पर्वतसहित विभिन्न सुरक्षा निकायका टोली उद्धार तथा व्यवस्थापनमा खटिएका छन्। सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा आवश्यक उद्धार कार्य जारी छ।
कालीगण्डकी नदीको बहाव बढिरहेको भन्दै फर्से क्षेत्रमा थप क्षतिको जोखिम रहेकाले स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
सम्बन्धित खबर


प्रतिक्रिया