ADVERTISEMENT

पक्राउ पुर्जी र सुरक्षा जोखिमको विस्तृत विवरण भने सरकारको गुपचुप,सुरक्षा थ्रेट भन्दै पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ


काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले शनिबार राति महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएको छ। सुरक्षा जोखिम रहेको भन्दै उनलाई अपराध अनुसन्धान कार्यालय, टेकुमा लगिएको प्रहरीले जनाएको छ।

अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार जबरालाई ‘सुरक्षा थ्रेट’ रहेकाले राति नै कार्यालयमा ल्याइएको हो। तर उनलाई नियन्त्रणमा लिनुको कानुनी आधार, पक्राउ पुर्जी र सुरक्षा जोखिमको विस्तृत विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन।

जबराको पक्राउपछि कानुन व्यवसायीहरूले प्रक्रिया र आधारबारे प्रश्न उठाएका छन्। नेपाल बार एशोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता डा. वीरेन्द्रप्रसाद मिश्रले सरकारले पक्राउको कारण र उद्देश्य स्पष्ट पार्नुपर्ने बताएका छन्।

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सुरक्षा चुनौती भए सम्बन्धित व्यक्तिलाई घरमै सुरक्षा दिन सकिने भन्दै स्पष्ट कानुनी आधारबिना नियन्त्रणमा लिने प्रक्रिया पारदर्शी हुनुपर्ने बताएका छन्।

सरकारी स्रोतहरूले जबराले पछिल्लो समय राजनीतिक गतिविधि तथा न्यायिक मामिलामा सक्रियता बढाएको आरोप लगाएका छन्। तर उनीसँग भेटेको भनिएका केही व्यक्तिले त्यस्तो दाबी अस्वीकार गरेका छन्।

जबराको पक्राउको शैली र कानुनी आधारबारे अहिले सार्वजनिक रूपमा बहस भइरहेको छ।

 

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार