काठमाडौँ । विराटनगर महानगरपालिका–१ स्थित परोपकार घाटमा अश्लील तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। मंगलबार राति करिब १२ः३० बजे घाट क्षेत्रमा केही व्यक्तिहरू हो–हल्ला गरिरहेको र दुई जना पुरुष निर्वस्त्र अवस्थामा रहेको सूचनापछि प्रहरी टोली घटनास्थल पुगेर चार जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सुरेन्द्र मणि मण्डल, कैलाश ढुङ्गाना, मनिष काफ्ले र छविलाल घिमिरे रहेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनीहरूलाई नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको छ।