काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह एलको खेलमा इंग्ल्यान्ड र घाना गोलरहित बराबरीमा रोकिएका छन्। बुधबार बिहान अमेरिकाको बोस्टो स्टेडियममा सम्पन्न खेलमा इंग्ल्यान्डले बल पोसेसन र आक्रमणमा दबाब बनाए पनि गोल गर्न असफल रह्यो।
यस बराबरीसँगै इंग्ल्यान्ड र घानाले समान ४–४ अंक जोडेका छन्। गोल अन्तरका आधारमा इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा कायम छ। दुवै टोलीको नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनेको छ। समूह चरणको अन्तिम खेलमा इंग्ल्यान्डले पानामासँग तथा घानाले क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ।
२०८३ असार १०, बुधबार ०८:१७ प्रकाशित

