बालेन–सेना सम्बन्धमा चिसोपना? सिंहदरबार र जंगीअड्डाबीच दूरी बढेको चर्चा
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र साह (बालेन) र नेपाली सेनाबीचको सम्बन्धबारे नयाँ चर्चा सुरु भएको छ। जेनजी आन्दोलन र त्यसपछिको राजनीतिक परिवर्तनका क्रममा सेना र बालेनबीच विशेष समन्वय रहेको अनुमान गरिए पनि पछिल्लो समय सिंहदरबार र जंगीअड्डाबीच सम्बन्ध चिसिएको दाबी गरिएको छ।
सुरक्षा स्रोतहरूका अनुसार प्रधानमन्त्री बनेपछि बालेन र सैनिक नेतृत्वबीच औपचारिक भेटघाट निकै सीमित भएको छ। आन्दोलनपछिका घटनाक्रममा सेनाले संविधानको सीमाभित्र रहेर मात्र भूमिका खेलेको र संविधानविपरीत गतिविधिप्रति असहमत रहेको बताइएको छ।
यस्तै, प्रधानमन्त्रीको कूटनीतिक शैली, भारत तथा अन्य अन्तर्राष्ट्रिय पक्षसँगको संवादमा देखिएको दूरी, र व्यक्तिकेन्द्रित शासनशैलीप्रति पनि सेनाभित्र असन्तुष्टि रहेको चर्चा छ। राजनीतिक स्थिरता, राष्ट्रिय सुरक्षा र छिमेकी राष्ट्रसँगको सम्बन्धलाई लिएर सेना चिन्तित रहेको स्रोतहरूको दाबी छ।
यद्यपि यी दाबीहरूबारे सरकार वा नेपाली सेनाले औपचारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन्।