काठमाडौं । नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा सोमबार राति पूर्व–पश्चिम राजमार्गमा ईभी हाइस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ जाँदै गरेको हाइस अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा चालकसहित कपिलवस्तुका यात्रुहरू र एक १८ महिनाकी बालिका समेत घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।