अमेरिका–इरान वार्तामा प्रगति

तेल प्रतिबन्ध ६० दिनका लागि हटाइने


काठमाडौं । अमेरिका र इरानबीच स्विट्जरल्यान्डमा भएको उच्चस्तरीय वार्तामा महत्वपूर्ण प्रगति भएको छ। सहमतिअनुसार अमेरिकाले इरानी तेल निर्यातमाथिको प्रतिबन्ध ६० दिनका लागि अस्थायी रूपमा हटाउने तथा इरानको १२ अर्ब अमेरिकी डलर बराबरको रोक्का सम्पत्ति फुकुवा गर्ने निर्णय गरेको बताइएको छ।

दुवै पक्षले आगामी ६० दिनभित्र स्थायी सम्झौताका लागि रोडम्याप तयार गर्ने सहमति गरेका छन्। इरानले आफ्ना आणविक केन्द्रहरूमा अन्तर्राष्ट्रिय निरीक्षकलाई पुनः प्रवेश दिनुका साथै होर्मुज जलडमरूमध्यमा जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ।

विश्लेषकहरूले यस सहमतिले विश्व ऊर्जा बजार, मध्यपूर्वको सुरक्षा अवस्था तथा अमेरिका–इरान सम्बन्धमा सकारात्मक प्रभाव पार्न सक्ने बताएका छन्।

 

२०८३ असार ९, मंगलवार ०८:२९ प्रकाशित
ट्रेन्डिङ समाचार