जापानको शानदार जित, नकआउट यात्रा बलियो


काठमाडौं ।  फिफा विश्वकपको समूह एफ अन्तर्गत भएको खेलमा जापानले ट्युनिसियालाई ४–० ले पराजित गर्दै नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाएको छ। मेक्सिकोको मोन्टेरेमा भएको खेलमा असाय उएदाले दुई तथा दाइची कामाडा र जुन्या इटोले एक–एक गोल गरे।

दुई खेलबाट ४ अंक जोडेको जापान समूहमा मजबुत स्थितिमा पुगेको छ भने लगातार दोस्रो हार बेहोरेको ट्युनिसिया प्रतियोगिताबाट बाहिरिएको छ।

२०८३ असार ७, आईतवार १२:१३ प्रकाशित
ट्रेन्डिङ समाचार