आर्थिक कुटनीतिको के महत्व रहेको छ ? आर्थिक कुटनीतिलाई प्रभाकारी बनाउन विद्यमान समस्याहरु पहिचान गर्दै आर्थिक कुटनीतिलाई प्रभावकारी बनाउने उपायहरु प्रस्तुत गर्नुहोस् ।
पृष्ठभूमि
मुलुकको आर्थिक हितलाई प्रवर्द्धन गर्ने रणनीति नै आर्थिक कूटनीति हो ।
कुनै पनि देशले आफ्नो अर्थतन्त्रको संरक्षण, विकास, प्रवर्द्धनको लागि अन्तर्राष्ट्रिय स्तरमा लागु गर्ने कुटनीतिक अभ्यास नै आर्थिक कुटनीति हो ।
आर्थिक कुटनीतिको महत्व
राष्ट्रिय हित प्रवर्द्धन र आर्थिक स्वार्थ प्रवर्द्धन
विकासका लागि स्रोत परिचालन गर्ने: वैदेशिक लगानी
व्यापार विस्तार र पहुँच
आर्थिक संभावना भएका क्षेत्रको विकास: उर्जा, पर्यटन
वैदेशिक रोजगारको सुरक्षित, मर्यादित तथा सहज वातावरण तयार गर्दै यसको प्रवर्द्धन गर्ने
वैदेशिक सहायताको प्रभावकारिता अभिवृद्धि गर्ने
गैरआवासीय नेपालीहरू(डायस्पोरा) को स्रोत परिचालन तथा प्रभावकारिता प्रवर्द्धन गर्ने
वित्तीय र प्राविधिक सहयोग(द्धिपक्षीय, बहुपक्षीय) का लागि प्रयास गर्ने,
मुलुकको औद्योगिक विकासका लागि प्रविधि हस्तान्तरण गराउने
विश्वका समसामयिक मामिलाहरू(जलवायु परिवर्तन, आतङ्कवाद आदि) सँग जुध्न आवश्यक आर्थिक सहयोग तथा सूचना, विज्ञता, र अनुभव आदानप्रदान गर्न
आर्थिक कुटनीतिका समस्याहरु
कमजोर समन्वय र अपनत्व
आर्थिक मुद्दाहरुमा राष्ट्रिय सहमति बन्न नसकेको।
कमजोर सुशासन
कुटनीतिक नियोगहरुको क्षमता र स्रोत र साधनको उपलब्धता
आर्थिक संभावनाहरुको पर्याप्त अध्ययनको अभाव
लगानी वातावरणमा सुधार
पर्याप्त प्रचार प्रसार सूचनाको प्रवाह नहुने।
कुटनीतिक नियोगहरुलाई जिम्मेवार बनाउन नसकिएको।
अन्तर्राष्ट्रिय मन्चहरुमा कमजोर उपस्थिति
द्वीपक्षिय सम्झौताहरु: लगानी, श्रम, व्यापार लगायतको विस्तार हुन नसकेको।
आर्थिक कुटनीति प्रभावकारी बनाउने उपायहरु
आर्थिक कुटनीतिमा परराष्ट्र मन्त्रालयको भूमिका स्पष्ट गर्ने।
संस्थागत समन्वय
श्रोत र साधनको व्यवस्था
लगानी वातावरणमा सुधार
कुटनीतिक निकायहरुको क्षमता अभिवृद्धि
आर्थिक सम्बन्धका संभावना यकिन गरी आर्थिक कुटनीति संचालन गर्ने
आर्थिक मुद्दाहरुमा आम सहमती कायम गर्ने
गैर आवासिय नेपालीको परिचालन गर्ने
कुटनीतिक नियोगहरुलाई लक्ष्य दिएर आर्थिक कुटनीति अगाडि बढाउन लगाउने
द्वीपक्षिय सम्झौताहरुमा जोड दिने
अन्तर्राष्ट्रिय मन्चहरुमा प्रभावकारी उपस्थिति
सूचना र प्रचार प्रसारमा जोड दिने
निष्कर्ष
आर्थिक उदारीकरण र विश्वव्यापीकरणका लाभहरू अधिक रूपमा प्राप्त गर्न तथा मुलुकको आर्थिक स्वार्थलाई प्रवर्द्धन गर्न प्रभावकारी आर्थिक कूटनीति अपरिहार्य रहेको छ ।
स्थानीय तहको बजेट तथा कार्यक्रम तर्जुमा समितिको गठन प्रक्रिया तथा काम, कर्तव्य र अधिकार उल्लेख गर्दै स्थानीय तहको बजेट पेश र पारित गर्ने विधिबारे स्पष्ट पार्नुहोस् ।
पृष्ठभूमि
स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले निर्धारण गरेको आयको प्रक्षेपण र वितरणको खाका तथा बजेट सीमामा आधारित भई स्थानीय तहको वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्न उपाध्यक्ष वा उपप्रमुखको अध्यक्षतामा बजेट तथा कार्यक्रम तर्जुमा समिति गठन हुने व्यवस्था रहेको छ ।
बजेट तथा कार्यक्रम तर्जुमा समितिको गठन
उपाध्यक्ष वा उपप्रमुख – संयोजक
विषयगत क्षेत्र हेर्ने कार्यपालिकाका सदस्यहरु – सदस्य
प्रमुख प्रशासकीय अधिकृत – सदस्य
योजना महाशाखा‚ विभाग वा शाखा प्रमुख – सदस्य सचिव
समितिको काम, कर्तब्य र अधिकार
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको प्रस्ताव तयार गर्ने
बजेट तथा कार्यक्रमको प्राथमिकिकरण गर्ने
बजेट तथा कार्यक्रमको अन्तिम प्रस्ताव कार्यपालिकामा पेश गर्ने
योजना तथा कार्यक्रममा दोहोरोपना हुन नदिने
योजना कार्यक्रमबिच आपसी तादाम्यता तथा परिपुरकता कायम गर्ने
स्थानीय तहको आवश्यकता बमोजिमका अन्य कार्यहरु गर्ने
स्थानीय तहको बजेट पेश गर्ने र पारित गर्ने विधि
उपाध्यक्ष, उपप्रमुख वा कार्यपालिकाले तोकेको कार्यपालिकाको कुनै सदस्यले बजेटको अनुमान सभामा पेश गर्नुपर्ने
सभामा पेश गर्नु अगाडि आगामी आर्थिक वर्षको राजश्व र व्ययको अनुमान कार्यपालिकाबाट स्वीकृत गराउनुपर्ने
हरेक वर्षको असार १० गतेभित्र सभामा बजेट पेश गर्नुपर्ने
बजेटमा देहायका विषयहरु खुलाउनुपर्ने
• गत आर्थिक वर्षको राजस्व र व्ययको यथार्थ विवरण
• चालु आर्थिक आर्थिक वर्षको आम्दानी र खर्चको संसोधित अनुमान
• आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रम
• आगामी आर्थिक वर्षको आय व्ययको अनुमानित विवरण
सभाले पेश भएको बजेट माथि कार्यपालिका बनाइ छलफल गर्नुपर्ने
सभाले १५ दिन भित्र छलफलको काम सम्पन्न गर्नुपर्ने
छलफल सम्पन्न भएपछि सभाले बजेट पारित गर्न वा सुझाव सहित कार्यपालिकामा पठाउन सक्ने
सुझाव प्राप्त भएपछि कार्यपालिकाले प्राप्त बजेट वा पुनर्विचार गरी आवश्यक परिमार्जन सहित वा परिमार्जन गर्नु नपर्ने देखिएमा कारणसहित सभामा ५ दिनभित्र पुन: पेश गर्नुपर्ने
सभाले असार मसान्तभित्र बजेट पारित गरिसक्नुपर्ने
निष्कर्ष
स्थानीय स्रोत साधनको परिचालन गरी स्थानीय जनताको माग, हित र आवश्यकतामा आधारित भई प्रचलित कानूनको परिधिभित्र रहेर बजेटको तर्जुमा गरिनुपर्दछ ।
विधायन भनेको के हो ? विधायनलाई कानूनको मुख्य स्रोत मानिनुकाका कारणहरु उल्लेख गर्दै प्रत्यायोजित विधायनका फाइदा र बेफाइदाहरु प्रस्तुत गर्नुहोस् ।
विधायन
बिधायन भन्नाले कानुन निर्माण गर्ने वा बनाउने भन्ने बुझिन्छ
विधायनलाई सामान्यतया विधायिकाद्वारा निर्माण गरिएको लिखित कानुनको रुपमा बुझ्ने गरिन्छ ।
शाब्दिक अर्थमा विधायन भन्नाले कानुन निर्माण गर्नु वा बनाउनु भन्ने बुझिन्छ ।
विधायिका वा विधायिकाद्वारा प्रत्यायोजित अधिकारबमोजिम निर्मित कानुन बिधायन हुन ।
कानुनको स्रोतको रुपमा विधायनको सर्वोच्च स्थान रहने । विधायिकालई कानुनको तर्जुमा गर्ने, संशोधन गर्ने वा खारेज गर्ने अधिकार रहने
जनप्रतिनिधिमुलक संस्था विधायिकाले सार्वभौम शक्तिको प्रयोग गरी कानुन निर्माण गर्ने।
विधायनलाई कानुनको औपचारिक स्रोत मानिने।
संविधानको भाग ९, १५ र १८ मा संघ प्रदेश र स्थानीय तहको विधायिकाले कानून पाउने अधिकार र विधि किटान गरिएको
विधायन मुख्यतया २ प्रकारका हुन्छन :-
• सर्वोच्च विधायन (Supreme Legislation) – विधायिकाद्वारा निर्मित विधायन सर्वोच्च विधायन हो । यो राज्यका अन्य अङ्गबाट संशोधन, खारेज वा बदर गर्न सकिँदैन । विधायिका कानुन निर्माणमा स्वतन्त्र र सार्वभौम निकाय हो । नेपालमा संसदबाट जारि हुने ऐनहरु सर्वोच्च विधायन हुन ।
• अधिनस्थ वा प्रत्यायोजित विधायन (Subordinated or Delegated Legislation)– संसद बाहेक राज्यका अन्य निकायबाट निर्माण हुने विधायन अधिनस्थ वा प्रत्यायोजित विधायन हो । यो सर्वोच्च विधायनबाट प्रत्यायोजित अधिकारको अधिनमा रही निर्माण हुन्छ । नेपालमा मन्त्रीपरिषदबाट जारी हुने नियमावली, नियम, निर्देशिका र विश्वविद्यालय तथा संस्थानहरुका विनियमहरु अधिनस्थ वा प्रत्यायोजित विधायनका उदाहरण हुन ।
विधायनलाई कानूनको मुख्य स्रोत मानिनुको कारण
संविधानले नै कानून निर्माण संसोधन र खारेजीको अधिकार विधायिकालाई प्रदान गरेको छ ।
शक्ति पृथकीकरणको सिद्धान्त अनुसार कानून निर्माणको अधिकार विधायकीको हो ।
जनभावनाको सम्मान हुने एवं जनइच्छामा आधारित हुन्छ ।
सरोकारवालाहरुको सहज पहुँच हुने गर्दछ ।
कानूनका अन्य स्रोतहरुलाई मान्यता दिने वा नदिने अधिकार विधायिकामा निहित हुन्छ ।
लिपीवद्ध हँदा निश्चित र कार्यान्वयन गर्न सहज हुन्छ ।
व्यापक छलफल तथा अन्तर्क्रिया मार्फत निर्माण हुने गर्दछ ।
परिष्कृत प्रणालीद्वारा निर्माण गरिन्छ ।
प्रत्यायोजित विधायनका फाइदाहरु
निर्माण र संसोधन गर्न सहज हुने
प्रशासनिक जटिलताको हल गर्न
तत्कालिन आवश्यकताको सम्बोधन गर्न
सदनको समय बचत गर्न
विशेषज्ञद्वारा कानून निर्माण गर्न
मातृ ऐनको उद्देश्य पुरा गर्न
प्रक्रियागत, कार्यविधिगत र प्राविधिक विषयवस्तुको व्यवस्था मार्फत मुल ऐनलाई जिवन्तता प्रदान गर्न
गैरसारवान विषयमा कार्यकारिणी वा सम्बद्ध निकायद्वारा निर्माण गर्दा प्रभावकारी हुने
प्रत्यायोजित विधायनका बेफाइदाहरु
लोकतान्त्रिक विधिको अवलम्बन नहुने
अनिर्वाचित निकायबाट बन्ने
कार्यकारीको स्वेच्छाचारिता बढ्ने
अनुकूलतामा सहजै संसोधन गर्न सकिने
शक्तिको दुरुपयोगको खतरा बढ्ने
संसदको गरिमा घट्ने
जनताको सहभागिता नरहने
निष्कर्ष
आधुनिक र लोकतान्त्रिक राज्य प्रणालीमा विधायन निर्माणको कार्य गर्ने उत्तरदायित्व जनप्रतिनिधिमुलक संस्था विधायिकाको हो । विधायिकाले कार्यकारीमाथि नियन्त्रण, बजेट अनुमोदन, महाभियोग लगायतका कार्यहरु गर्नुपर्ने तथा विधायकहरु निर्वाचन क्षेत्रप्रति समेत जवाफदेही हुनुपर्ने भएकोले प्रत्यायोजित विधायनको माध्यमबाट समेत कानूनी आवश्यकता परिपुर्ति गर्नुपर्ने हुन्छ ।
संवैधानिक निकायको महत्व के रहेको छ ? संवैधानिक निकायका विशेषताहरु उल्लेख गर्दै संवैधानिक निकाय स्थापनाका पूर्वशर्तहरुको चर्चा गर्नुहोस् ।
पृष्ठभूमि
संवैधानिक निकायको गठन प्रक्रिया, काम, कर्तव्य र अधिकार एवं पदाधिकारीहरुको नियुक्ति, बर्खास्ती, योग्यता तथा सेवा, शर्त, सुविधा जस्ता विषयहरु संविधानमा नै व्यवस्था गरी स्थापित गरिएका निकायहरुलाई संवैधानिक निकाय भनिन्छ ।
नेपालको संविधानको धारा ३०६ ले १३ वटा निकायहरुलाई संवैधानिक निकायको रुपमा परिभाषित गरेको छ ।
संवैधानिक निकायको महत्व
सिमित सरकारको अवधारणालाई मूर्तरुप दिन
सरकारको निरंकुशता एवं स्वेच्छाचारितालाई अन्त्य गर्न
मानव अधिकारको संरक्षण र संवर्द्धन गर्न
विधिको शासन र सुशासन कायम गर्न
कार्यपालिकाको प्रभावबाट मुक्त गरी निष्पक्ष कार्यसम्पादन गराउन
कार्यपालिकाको अत्याधिक शक्ति अभ्यासलाई सिमित गर्न
कार्य प्रकृति अनुसार कार्यपालिकालाई विश्वास गर्न नसकिने प्रकृतिका कामहरु गराउन
संवैधानिक निकायका विशेषताहरु
शक्ति पृथकीकरणको सिद्धान्तका आधारमा कार्यपालिकीय अंगभित्र पर्दछन्
कार्यपालिकाले गर्नुपर्ने कामलाई विशिष्टीकरण गरी तोकिएको काम गर्ने गरी स्थापना गरिएको हुन्छ
राजनीतिक गतिविधि तथा सरकार परिवर्तनले दैनिक काममा प्रभाव पर्दैन
आफ्नो कार्यक्षेत्र भित्र पुर्ण स्वयत्तता प्राप्त हुन्छ
संवैधानिक निकायको विशेषज्ञातापुर्ण कार्यले कार्यकारीलाई सहयोग पुग्दछ
नियुक्ति र वर्खास्ती प्रक्रियामा संवैंधानिक सुनिश्चितता हुन्छ
सरकारको प्रत्यक्ष निर्देशन प्राप्त नहुने
विधायिका प्रति उत्तरदायित्व हुने
संवैधानिक निकाय स्थापनाका पूर्वशर्तहरु
संवैधानिक हैसियत प्राप्त गरेको हुनुपर्दछ
निष्पक्ष नियुक्तिको प्रत्याभुति गरिनुपर्दछ
काम, कर्तब्य र अधिकारमा स्पष्टता आवश्यक पर्दछ
कार्यगत स्वतन्त्रता र स्वायत्तताको सुनिश्तिता गरिनुपर्दछ
जनता र संसदप्रति जवाफदेही हुनुपर्दछ
व्यवसायिक उन्मुक्ति प्राप्त हुनुपर्दछ
स्रोत साधन र जनशक्तिको सुनिश्चतता गरिनुपर्दछ
निष्कर्ष
राष्ट्रिय आवश्यकता, विश्वव्यापी मान्यता र विगतको अभ्यास एवं अनुभवको आधारमा संवैधानिक निकायहरुको गठन गरी कार्यसम्पादनमा स्वयत्तता र निष्पक्षता समेत सुनिश्चित गरिएको अवस्थामा मात्र संवैधानिक निकायको औचित्य तथा सान्दर्भिकता पुष्टि हुनसक्दछ ।


