पहिलो राउण्डपछि मेस्सी शीर्ष गोलकर्ता, १५ टोली विजयी


काठमाडौं । फिफा विश्वकप फुटबलको समूह चरणअन्तर्गत पहिलो राउण्डका खेलहरू सम्पन्न भएका छन्। पहिलो चरणमा १५ टोलीले जित निकाल्दै महत्वपूर्ण ३ अंक जोड्दा १५ टोली पराजित भएका छन् भने १८ टोलीले बराबरी खेल्दै १–१ अंक बाँडेका छन्।

समूह ‘ए’ मा मेक्सिको र दक्षिण कोरिया, ‘डी’ मा अमेरिका र अस्ट्रेलिया, ‘ई’ मा जर्मनी र आइभोरी कोष्ट, ‘आई’ मा नर्वे र फ्रान्स, ‘जे’ मा अर्जेन्टिना र अस्ट्रिया तथा ‘एल’ मा इङ्गल्याण्ड र घानाले विजयी सुरुआत गरेका छन्।

पहिलो राउण्डपछि अर्जेन्टिनाका कप्तान  लियोनेल मेस्सी ३ गोलसहित सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन्। उनले अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै जारी विश्वकपको पहिलो ह्याट्रिककर्ता बन्न सफल भए। किलियन म्बाप्पे, ह्यारी केन र एर्लिङ हल्यान्डसहित अन्य खेलाडीले पनि उत्कृष्ट प्रदर्शन गरेका छन्।

२०८३ असार ७, आईतवार ०९:१० प्रकाशित
ट्रेन्डिङ समाचार