काठमाडौं । चर्चित हास्य कलाकार खेम शर्माको अमेरिकाको बाल्टिमोरमा उपचारका क्रममा आइतबार बिहान निधन भएको छ। उनकाे निधनको जानकारी हास्य कलाकार शिवहरि पौडेलले दिएका हुन्।
पछिल्लो समय अमेरिकामा बसोबास गर्दै आएका शर्मा विगत सात वर्षदेखि क्यान्सरसँग संघर्षरत थिए। उनी टेलिफिल्म चतुरेको दाउपेचबाट ‘चतुरे’ पात्रका रूपमा चर्चित बनेका थिए। उनको निधनले नेपाली हास्य क्षेत्रमा शोक छाएको छ।