नेदरल्यान्ड्सको शानदार जित, समूह एफको शीर्षमा उक्लियो
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत शनिबार भएको खेलमा नेदरल्यान्ड्सले स्वीडेनलाई ५–१ गोल अन्तरले पराजित गरेको छ। नेदरल्यान्ड्सको जितमा ब्रायन ब्रोबी र कोडी गाक्पोले दुई–दुई गोल गरे भने क्रिसेन्सियो समरभिलले एक गोल थपे।
यस जितसँगै नेदरल्यान्ड्सले दुई खेलबाट ४ अंक जोड्दै समूह एफको शीर्ष स्थान कब्जा गरेको छ। पहिलो हार बेहोरेको स्वीडेन ३ अंकसहित दोस्रो स्थानमा रहेको छ। नेदरल्यान्ड्सले नकआउट चरण पुग्ने सम्भावना थप बलियो बनाएको छ।