काठमाडौँ । पाल्पाको बगनासकाली गाउँपालिका–६ शिखरडाँडाका २४ वर्षीय पुजन गाहा कालिगण्डकी नदीमा डुबेर बेपत्ता भएको दुई दिनपछि मृत अवस्थामा फेला परेका छन्। उनको शव शनिबार बिहान टिपुवाघाट क्षेत्रमा भेटिएको प्रहरीले जनाएको छ।
उनीसँगै डुबेका १४ वर्षीय शिशिर गाहाको शव शुक्रबार नै फेला परेको थियो। दुवै जना बिहीबार साँझ पौडी खेल्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका थिए।
सम्बन्धित खबर

प्रतिक्रिया