मधेश प्रदेशले ११ महिनामा ३० अर्ब राजस्व संकलन


काठमाडौँ ।  मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा ३० अर्ब १७ करोड १४ लाख ७३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

अर्थ मन्त्रालयका अनुसार आन्तरिक राजस्वतर्फ ४ अर्ब ५९ करोड ३३ लाख ८४ हजार रुपैयाँ संकलन भएको छ। घरजग्गा रजिष्ट्रेशन र सवारीसाधन कर प्रमुख आयस्रोत बनेका छन्।

आर्थिक मन्दी, घरजग्गा तथा सवारी कारोबारमा आएको कमी र विभिन्न आन्दोलनका कारण अपेक्षाअनुसार राजस्व उठ्न नसकेको मन्त्रालयले जनाएको छ।

२०८३ असार ६, शनिबार १३:५७ प्रकाशित
ट्रेन्डिङ समाचार