वाणिज्य नीति कार्ययोजना लागू, निर्यात वृद्धि र पूर्वाधार विस्तारमा प्राथमिकता
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाणिज्य नीति, २०८१ को कार्यान्वयन कार्ययोजना स्वीकृत गरी लागू गरेको छ। कार्ययोजनाले नीति कार्यान्वयनलाई प्रभावकारी बनाउन तीनै तहका सरकार, सम्बन्धित निकाय तथा निजी क्षेत्रबीच समन्वयात्मक भूमिका निर्धारण गरेको छ।
कार्ययोजनाअनुसार निर्यातयोग्य वस्तुको उत्पादन र निकासी प्रवर्द्धन, व्यापारिक पूर्वाधार विस्तार तथा गुणस्तर प्रमाणीकरणका कार्यक्रम सञ्चालन गरिनेछन्। साथै, अन्तर्राष्ट्रिय व्यापार मेलामा नेपाली उत्पादनको सहभागिता बढाउने र निर्यातमुखी उद्योगलाई प्रोत्साहन गर्ने व्यवस्था पनि समावेश गरिएको मन्त्रालयले जनाएको छ।