उदयपुरमा बस दुर्घटना, ३२ जना घाइते


काठमाडौं ।  महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको स्कुल बस उदयपुरमा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्। उदयपुरगढी गाउँपालिका–७ अँधेरी क्षेत्रमा आज बिहान बस सडकबाट करिब २५ मिटर तल खसेको प्रहरीले जनाएको छ।

घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ।

दुर्घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

२०८३ असार ६, शनिबार ११:४२ प्रकाशित
ट्रेन्डिङ समाचार