सुनसरी–मोरङ आसपासका खोलामा आकस्मिक बाढीको मध्यम जोखिम


काठमाडौं ।  बाढी पूर्वानुमान महाशाखाले सुनसरी, मोरङ र आसपासका जिल्लामा बहने स–साना नदी तथा खोलाहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ। शनिबार बिहान जारी बुलेटिन अनुसार आगामी दिनमा ती क्षेत्रका खोलाहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

महाशाखाका अनुसार हाल कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली लगायत प्रमुख नदीहरूको जलसतह सामान्य अवस्थामा छ र सतर्कता तहभन्दा तल रहेको छ। तर कोशी, बागमती र गण्डकी प्रदेशका स–साना नदीहरूमा आगामी तीन दिनसम्म आकस्मिक रूपमा पानीको बहाव बढ्न सक्ने पूर्वानुमान गरिएको छ।

यसै कारण नदी किनारमा बसोबास गर्ने तथा आवतजावत गर्ने सर्वसाधारणलाई विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

२०८३ असार ६, शनिबार १०:१८ प्रकाशित
ट्रेन्डिङ समाचार