कतारमाथि क्यानडाको ६–० को फराकिलो जित, विश्वकपमा पहिलो ऐतिहासिक विजय
काठमाडौं । सहआयोजक क्यानडाले फिफा विश्वकप–२०२६ मा कतारलाई ६–० ले पराजित गर्दै विश्वकप इतिहासकै पहिलो जित दर्ता गरेको छ। भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा भएको खेलमा जोनाथन डेभिडले ह्याट्रिक गरे भने साइले लारिन र नाथन सालिबाले एक–एक गोल थपे।
क्यानडाले एक गोल आत्मघाती उपहारस्वरूप पाएको थियो। दुई खेलाडी रातो कार्ड पाएर बाहिरिएपछि ९ खेलाडीमा सीमित कतारमाथि क्यानडाले पूर्ण दबाब बनाएको थियो। यस जितसँगै क्यानडा दुई खेलबाट ४ अंक जोड्दै समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ।