काठमाडौं । ह्युस्टनमा जारी विश्वकपमा कंगोले उपाधि दाबेदार पोर्चुगलसँग १–१ को बराबरी खेल्दै इतिहास रचेको छ। खेलको छैटौं मिनेटमा जोआओ नेभेसको गोलबाट पछि परेको कंगोले पहिलो हाफको इन्जुरी समयमा योआने विसाको हेडरमार्फत बराबरी गोल फर्कायो।
३० वर्षीय विसाको गोल कंगोको विश्वकप इतिहासकै पहिलो गोल बनेको हो। दोस्रो हाफमा दुवै टोलीले थप गोल गर्न नसकेपछि खेल बराबरीमा टुंगियो। एसिड आक्रमणको पीडा पार गर्दै मैदानमा फर्किएका विसाको ऐतिहासिक गोलले कंगोको फुटबल इतिहासमा नयाँ अध्याय थपेको छ।