रक्षा मन्त्रालयको बजेट किताब नपुग्दा संसदमा प्रश्न, आजै विनियोजन विधेयक पारित हुने


काठमाडौं । प्रतिनिधिसभामा आज विनियोजन विधेयक २०८३ पारित गर्ने कार्यसूची रहेकै दिन रक्षा मन्त्रालयको बजेटसम्बन्धी रातो किताब सांसदहरूलाई उपलब्ध नभएको विषयले चर्चा पाएको छ।

सांसद हर्क साम्पाङले रक्षा मन्त्रालयको खर्च विवरण पुस्तिका हालसम्म प्राप्त नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। उनले बजेट किताब नभएको हो वा जानाजानी नदिइएको हो भन्ने प्रश्न उठाएका छन्।

बैठकमा प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रीहरूले मन्त्रालयगत बजेटमाथि उठेका जिज्ञासाको जवाफ दिनेछन्। त्यसपछि विभिन्न मन्त्रालयसँग सम्बन्धित २० वटा खर्च कटौती प्रस्तावमाथि निर्णय गरिनेछ।

सबै प्रक्रिया पूरा भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक २०८३ पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ।

२०८३ असार ४, बिहीबार १३:२२ प्रकाशित
ट्रेन्डिङ समाचार