काठमाडौं । सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनभित्रको प्रतिनिधिसभाको नयाँ हल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। अधिकांश संरचनागत काम सम्पन्न भए पनि माइक तथा साउन्ड प्रणाली जडानको काम अझै बाँकी रहेको निर्माण पक्षले जनाएको छ।
काममा ढिलाइ भएपछि सभामुख डीपी अर्यालले हालै निर्माणस्थलको निरीक्षण गर्दै निर्माण सम्पन्न हुने निश्चित मिति उपलब्ध गराउन निर्देशन दिनुभएको छ। उहाँले समयमै काम नसके दैनिक एक करोड रुपैयाँसम्म जरिवाना लगाउने चेतावनीसमेत दिनुभएको थियो।
निर्माण कार्य पूरा भएपछि प्रतिनिधिसभाका बैठक नयाँ सभा कक्षबाट नियमित सञ्चालन गर्ने तयारी गरिएको संसद् सचिवालयले जनाएको छ।
सम्बन्धित खबर

प्रतिक्रिया